खोप अभावमा काठमाडौंमा रोकियो खोप कार्यक्रम

काठमाडौं, २७ जेठ सरकारले खोप दिन नसकेपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ ।

कार्यतालिकाभन्दा दुईदिनअघि नै खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले दिएको जानकारीअनुसार सरकारले खोप उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि स्थगित गरिएको हो ।

महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल दिइरहेको थियो । तर सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेपछि स्थगित गर्नुपरेको महानगरले जनाएको छ ।

महानगरका अनुसार तीन दिनमा २८ हजार बढीले खोप लिइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.