महाधिवेशन भदाैमै हुन्छ, कोही भ्रममा नपरौं : देउवा

काठमाडौं, २६ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन् ।

कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो। तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन ।

अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य पुगेका छन् । कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेको छ तर सिन्धुपाल्चोकलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण नै भएको छैन ।

यस्तो अवस्थामा पूर्वनिर्धारित समयमा महाधिवेशन हुन गाह्रो भएकोले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवालाई महामारीकै बीचमा पनि महाधिवेशन गर्न ध्यानाकर्षण गराइरहेका छन् ।

सभापति देउवाले आज प्रेस विज्ञप्ति निकालेर भदौमै महाधिवेशन हुने प्रष्टाएका छन् ।

‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- भदौमा महाधिवेशन हुन्छ,’ देउवाले भनेका छन् ।

देउवाले महाधिवेशनका लागि तयारी गर्नुपर्ने पनि उल्लेख गरेका छन् । उनले पार्टी महाधिवेशनलाई लिएर बिबादित कुरा नगर्न पनि नेताहरूलाई आग्रह गरेका छन् ।

कांग्रेसलाई संकटबाट बचाउन भदौभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ । देउवाले आफ्नो नियमित कार्यकाल चार वर्ष सकेर डेढ वर्ष कार्यकाल थपेका थिए ।

पछिल्लोपटक संविधानअनुसार थप गरिएको छ महिना समय भदौमा सकिँदैछ ।

हेर्नुस् विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.