पत्रकारलाई कोभिडविरुद्धको खोप लगाउन मन्त्रालयको निर्देशन

काठमाडौं, २६ जेठ : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका प्रदेशमा कार्यरत पत्रकारलाई भेरोसेल खाेपको पहिलो मात्रा लगाइदिन जिल्ला स्वास्थय कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोत्तम राज सेढाईले बुधबार प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन् ।

पत्रकार महासंघ बागमती प्रदेश समितिको आग्रह अनुसार मन्त्रालयले पहिलो डोज खोपका लागि आवश्यक समन्वय र सहजीकरणका लागि भनेको हो ।

पत्रकार महासंघ बागमती प्रदेश समितिले धेरै पत्रकार खोपको पहिलो डोज लगाउनबाट छुटेको भन्दै लगाउने व्यवस्था मिलाइदिन भन्दै जेठ २४ गते मन्त्रालयलाई पत्राचार गरेको थियो ।

चीनले अनुदानमा दिएको भेरोसेल खोप जेठ २५ देखि ज्येष्ठ नागरिकलाई लगाउने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.