स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

मिरा मल्ल । स्याङ्जा, २६ जेठ : स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले स्याङ्जाका ११ वटै पालिकाहरुलाई करिव ७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ, चापाकोट नगरपालिका, फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकालाई ३/३ वटा ४० लिटरका अक्सिजन सहितका सिलिण्डर र १०/१० थान अक्सिमिटर र विरुवा, हरिनास र कालिगण्डकी गाउँपालिकालाई ५/५ लिटरका कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर उपलब्ध गराएको छ ।

समाजले कोरोनाको विरुद्धमा विभिन्न चरणमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अनुसार जिल्लाका सबै पालिकाहरुलाई आवश्कता अनुसार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको समाजका सल्लाहकार सुरेश रेग्मीले जानकारी दिए । उनले फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्य कर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि लागायतलाई हौसल्ला प्रदान गर्ने समाजका अध्यक्षले जीवन न्यौपानेले पठाएको पत्र बाचन गरेका थिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष एवं संरक्षक अनन्त कुमार श्रेष्ठले समाजका विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुले पनि यो विपदका वेलमा सहयोग गरिरहेको तथा अन्तराष्ट्रिय समन्वय समितिका तर्फबाट यो दोस्रो चरणको सहयोग भएको जानकारी दिए । कार्यक्रममा भुपराज बस्याल, वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, सचिव मुक्ति सुवेदी र सदस्य धर्म पराजुली लगायतको सहभागीता रहेको थियो ।

समाजको सहयोग ग्रहण गर्दै पुतलीबजार, भिरकोट, वालिङ, र गल्याङ नगरपालिका प्रमुखहरु क्रमश सिमाकुमारी क्षेत्री, छाँयाराम खनाल, दिलिपप्रताप खाणँ र भुपराज अधिकारीले समाजको स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण गर्न धेरै प्रभावकारी हुने बताए । उनीहरुले सहयोगका कारण काम गर्ने हौसला थप हुने धारणा व्यक्त गरे ।

जिल्लामा रचनात्मक कार्य गर्दै आएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले कोरोना न्यूनिकरण गर्न बेलाबेलामा आर्थिक सहित स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ । करिब २० देशहरुमा छरीएर रहेका स्याङजाबासीहरुको साझा संस्था समाजले पटक पटक गरी जिल्लामा कारोना नियन्त्रणका लागि स्वास्थ्य तथा राहत सामाग्रीहरु गरि करिव करोड बराबरको सहयोग गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.