स्याङ्जामा उद्यमशिलता प्रवद्र्धन एंव नवप्रवर्तन केन्द्रको शुभारम्भ
मिरा मल्ल । स्याङ्जा, २६ जेठ : पुतलीबजार नगरपालिका, स्याङ्जामा उद्यमशिलता प्रवद्र्धन एंव नवप्रवर्तन केन्द्रको शुभारम्भ गरिएको छ ।
पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थिक सहयोग तथा सूर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत उद्यमी उत्पादन तथा उद्यम प्रबद्र्धन गर्ने उद्धेश्यले स्थापना गरिएको हो । केन्द्रको भच्र्युअली उद्घाटन गर्दै पुतलीबजार नगरप्रमुख सीमाकुमार क्षेत्रीले उद्यमीको शहर बनाउँने लक्ष्य अनुरुप परियोजना अन्तरगत स्थापना गरिएको बताउँनुभयो । प्रमुख क्षेत्रीले जुनसुकै क्षेत्रमा उद्यमी बन्ने इच्छा राख्नुहुने, नवप्रवर्तन सोंच भएका तर श्रोतको समस्या भएका र भइरहेको उद्यम प्रबद्र्धनका लािग केन्द्रले सहजीकरण गर्ने भएकाले यसको उपयोग गर्न सबैमा अनुरोध गनुभयो ।
सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले तत्कालका लागि ३ जना स्वयंसेवकले केन्द्र मार्फत भच्र्युअली रुपमा सहजीकरण हुने र कोभिडको व्यवस्थापन पश्चात भौतिक रुपमै सेवा प्रवाह हुने बताउँनुभयो । अध्यक्ष श्रेष्ठले केन्द्रमा उद्यमशिलता कक्ष, नविन सोंच कक्ष र व्यवसायी प्रवद्र्धन कक्षमा सम्पर्कमा आउने इच्छुक उद्यमीलाई कक्ष मार्फत पथ प्रदर्शक विज्ञहरु मार्फत आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा त्रिभुवन आदर्श मा.वि.का प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मी, घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष संघ ताम्राकार, जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, कार्यक्रम प्रमुख मीरा मल्ल लगायतले उद्यम क्षेत्रमा एउटा महत्वपूर्ण शुरुवात भएकाले यसलाई व्यवस्थितमा रुपमा संचालन तर्फ ध्यान दिन आग्रह गरेका थिए ।
सेवा लिन चाहेको विवरण र समस्या उपलब्ध गराएपछि पुतलीबजार नगरपालिकामा स्थापना गरिएको उद्यमशिलता प्रवद्र्धन एंव नवप्रवर्तन केन्द्रबाट सुविधा लिन सकिने बताइएको छ । सम्पर्कमा आएकाहरुलाई नगरपालिकाबाट सूचीकृत पथ प्रदर्शक विज्ञहरु मार्फत परामर्श र सहजीकरण गरिने जनाइएको छ ।
