माओवादी केन्द्रले सबै प्रदेशलाई पठायो स्वास्थ्य सामग्री

काठमाडौं, २४ जेठ : नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । ती स्वास्थ्य सामग्री चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ ।

सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजेन, थर्मल गन, अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर,  फेस सिल, केएन ९५ मास्क छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.