राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं, २३ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश २०७८ जारी गरेकी हुन् ।  सरकारले स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न उक्त अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.