भारोत्तोलनमा सप्तरी प्रथम

सप्तरी, १६ फागुन : राजविराजमा आज सम्पन्न प्रदेश नं २ स्तरीय भारोत्तोलन प्रतियोगितामा सप्तरी नौ स्वर्ण पदकसहित पहिलो भएको छ ।

सिरहा चार स्वर्णसहित दोस्रो तथा धनुषा र बारा दुई/दुई स्वर्ण पदक जितेर तेस्रो भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषतर्फ १०९ किलो बढी तौल समूहमा बाराका आदर्शकुमार गुप्ता, १०९ किलोमा सिरहाका प्रताप चौधरी, १०२ किलोमा सप्तरीका राजेशकुमार झा र ९६ किलो तौल समूहमा धनुषाका उज्ज्वलकुमार मिश्रले स्वर्ण पदक जित्नुभयो ।

यसैगरी ८९ किलो तौल समूहमा सप्तरीका रोशनकुमार साह, ८१ किलोमा बाराका सजारुद्दिन आलम, ७३ किलोमा सप्तरीका मनोजकुमार यादव र ६७ किलो तौल समूहमा धनुषाका अशोककुमार यादवले स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि सो छनोट प्रतियोगितामा ६ जिल्लाका १२ महिलासहित ५८ खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल भारोत्तोलन सङ्घका सचिव एवं निर्णायक तिलकबहादुर राउतले जानकारी दिनुभयो

खेल आरम्भ हुनुअघि बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति मौन धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.