सवारी विधेयक प्रमाणीकरण

विराटनगर, ५ असोज : प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाको भदौ २६ गते बसेको बजेट अधिवेशनको ४८औँ बैठकले सो विधेयकलाई सर्वसम्मति पारित गरेको थियो ।

प्रमाणीकरणका लागि आएको विधेयक संविद्यानको धारा, २०१ बमोजिम प्रदेश प्रमुख प्राडा तुम्बाहाङले आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले जानकारी दिनुभयो । हालसम्म सवारी विधेयकसहित प्रामाणीकरण भएका विधेयकको सङ्ख्या ४१ पुगेको छ ।

 मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक प्रतिवेदन पेश    

प्रदेशसभाको आज बसेको बैठकमा ‘मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि सामाजिक विकास समितिका सभापति सरिता थापाले तयार पार्नुभएको प्रतिवेदन सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिमा सो प्रतिवेदन सभापति थापाले पेश गर्नुभयो । प्रतिवेदन पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदले नारा लगाउँदै रोस्ट्रम घेरेका थिए । प्रदेशसभाको अर्को बैठक असोज ६ गते दिउँसो १ बजे बस्नेछ ।

 सुरक्षामा विशेष ध्यान दिन निर्देशन    

प्रजिअ मदन भुजेलले मुलुकको वर्तमान परिस्थितिलाई ख्याल गरेर सरकारी कार्यालयको सुरक्षामा विशेष ध्यान दिन जिल्लास्थित कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मोरङमा नियमित बैठकमा उहाँले चाडपर्वको समयमा हुन सक्ने अप्रिय घटनाप्रति सचेत रहन र कार्यालयहरुको आवश्यक रेखदेख गर्न आलोपालो गरेर सुरक्षा व्यवस्था मिलाउन भन्नुभयो ।

उहाँले यस समयमा हुने कालोबजारी, महँगी र अन्य क्रियाकलापलाई निस्तेज पार्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने भन्दै बजार अनुगमन गर्न र सुपथ मूल्यका पसलहरुका उपभोक्ताको सजिलै पहुँच हुन थप व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.