प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न 

विराटनगर, २९ भदौ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको प्राथमिकता सुशासन, सुरक्षा व्यवस्थापन, विपद् व्यवस्थापनजस्ता विषयमा समन्वय र सहकार्यम गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

नेपाल सरकार गृहमन्त्रालय र प्रदेश सरकार अन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी समापन गर्दै उहाँले सुरक्षामा ध्यान दिन निर्देशन दिनुभएको हो । सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गोष्ठीमा उठेका विषयमा ध्यान दिएर कार्यान्वयन र समन्वयात्मक भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

गोष्ठीमा जिल्लाको शान्तिसुरक्षा र समग्र विषयमा बृहत् छलफल एवं समीक्षा गरी भावी दिनमा चाल्नुपर्ने कदमका बारेमा ठोस निष्कर्ष प्रस्तुत भएका छन् । गोष्ठीमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, नेपाली सेनाका युद्धकार्य निर्देशनालयका प्रमुख प्रभुराम शर्मा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईलगायतको उपस्थिति थियो । बैठकमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.