बजेट अधिवेशन जेठ १३ गतेदेखि
प्रदेश सरकारले यस अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । पहिलो बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।
यसअघिका तेस्रो अधिवेशनसम्म २९ वटा विधेयक पारित भएको छ । आगामी चौथो अधिवेशनमा प्रदेश निजामती विधेयक, प्रदेश लोकसेवा आयोग र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने सरकारले तयारी गरेको बताइएको छ ।
