नाम र राजधानीमा सहमति जुट्न नसकेछि प्रदेशसभाको बैठक स्थगित

विराटनगर, १९ वैशाख : प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ । प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गर्नुभएको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेशसभाको वैशाख १५ गते बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७५ नियम ५८ (क) बमोजिम प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव र सोही नियमावलीको नियम ५८ (ख) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव वैशाख १९ गतेभित्र पेश गर्नु हुन प्रदेशसभाका सदस्यलाई निर्देशन दिनुभएको थियो ।

नाम र स्थायी राजधानीको विषयमा सहमति जुट्न नसकेर नै आजको बैठक स्थगन भएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । उहाँले सत्तापक्षको दुई बहुमत हुँदा पनि नाम र स्थायी राजधानीका विषयमा सहमति जुट्न नसकेको भन्दै प्रतिपक्षले प्रस्ताव आएपछि मात्र सहमति वा असहमतिको भूमिका खेल्ने हो त्यतिबेला नै थाहा हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.