कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेपछि सामूहिक तस्वीर खिचाउँदै त्रिभुवन आर्मी क्लबका खेलाडीहरु । तस्वीर: प्रकाश अधिकारी, सुर्खेत

सुर्खेत, २१ वैशाख : त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ ।

फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले आज हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात पा¥यो । वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग आज सम्पन्न भएको हो ।

उपविजेता बनेको न्यू होराइजन बुटवलले भने रु दुई लाखमा चित्त बुझाएको छ । १४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो । टोलीका लागि विशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ओभरमा १३ रन दिएर समान तीन÷तीन विकेट हात पार्नुभयो । टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारीसँगै ६ विकेट गुमार १४६ रन बनायो । आर्मीका राजु रिजालले ३४ रन जोड्दा भीम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेल्नुभयो ।

बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले रु ५० हजार पुरस्कार प्राप्त गर्नुभयो । आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजङ्ग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान रु २० हजार पुरस्कार पाउनुभयो ।

खेलाडीहरुलाई एक समारोहकाबीच नेपाल एथ्लेक्टिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले दर्शकमध्येबाट एक जनालाई मोटरसाइकल पुरस्कार दिने व्यवस्था गरेको थियो । वीरेन्द्रनगर ३ का अमर विकले गोलाप्रथाबाट एउटा मोटरसाइकल प्राप्त गर्नुभयो । ८ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.