अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने : मुख्यमन्त्री शाही

कालीकोट, १४ पुस : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताउनुभएकोे छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा), कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालिकोट पुग्नु भएका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो बताउनुभएकोे हो ।

मुख्यमन्त्री शाहिले पीडितको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रति घरपरिवार रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिनुभयो । पलाताका धेरैजसो घरहरु खरले छाएको हुनाले फेरि पनि यस्ता खालका विपत् आइलाग्ने हँुदा खरले छाएका जति घरहरु छन्, सबै घर परिवारलाई कर्र्कटपाता वितरण गर्ने उहाँको भनाइ छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागीबाट मानवीय क्षति नभएपनि वासस्थान नष्ट हुँदा चिसो मौशममा बालबालिका वृद्धवृद्धा र महिला बढी प्रभावित भएको बताउनुभयो ।

क्षतिको अनुमान गर्दा रु तीन करोड, छ लाख ३३ हजारसम्म क्षतिको अनुमान गरिएको पनि प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ । राष्ट्रियसभा सदस्य जीवन बुढाले, विपत् व्यवस्थापनको पूर्वतयारी, उपयुक्त संरचना तथा साधन स्रोतको राहत, वितरणमा एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.