चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि

बेइजिङ । २२ कात्तिक : यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको जनाएको हो ।

अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले बृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.