भारतका पुर्वप्रधानमन्त्री वाजपेयीको निधन
ओडिसा, भारत, ३१ साउन : भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ ।
अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स)मा उहाँको उपचार भईरहेको अवस्थामा आज बेलुकी ५:०५ मा उहाँको निधन भएको हो ।
भारतीय जनता पार्टी (विजेपी)का ९३ बर्षीय नेता वाजपेयीको अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स) मा “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उहाँलाई बचाउन सम्भव भएन ।
भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बन्नुभएको थियो ।
उहाँको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा गत जुन ११ देखि उपचार भइरहेको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो । मधुमेहका बिरामी वाजपेयीको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।
भारतीय जनता पार्टीका एकजना संस्थापक वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।
ओडिसाका मुख्य मन्त्री नविन पटनायकले बाजपेयीसँगसँगै काम गरेका क्षणहरुको सम्झना आएर आफु भावुक भएको बताउनुभयो । “मैले उहाँलाई सधैँ एउटा महान नेता मानेको छु । उहाँसँग काम गर्दा मैले कहिले पनि नराम्रो अनुभव महशुस गर्न पाइन,” पटनायकले भन्नुभयो ।
पटनायकको बीजु जनता दल सन् १९९८ देखि २००४ सम्म बाजपेयी नेतृत्वको राष्ट्रिय गठबन्धन सरकारको साझेदार थियो ।