टेक्नोलोजी फेस्टिबल बुधबारदेखि

काठमाडौँ, २१ माघ : ग्रामीण क्षेत्रमा प्रविधिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘१६ औँ नेशनल टेक्नोलोजी फेस्टिबल’ बुधबारदेखि शुरु हुने भएको छ ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिकल इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीको संस्था लोकसले क्याम्पस प्राङ्गणमा आयोजना गर्ने सो फेस्टिबलमा १०० कक्ष राखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘ग्रामीण विकासका लागि प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो फेस्टिबल यही माघ २४ देखि २६ गतेसम्म चल्नेछ । लोकसले हरेक वर्ष विद्यार्थीमाझ विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम, प्रतिस्पर्धामूलक सफ्टवेयर, हार्डवेयर तथा इलेक्ट्रिकल कार्यक्रम सञ्चालन गरेर समग्रमा युवा सोचलाई परिवर्तन ल्याउन सक्ने किसिमको अवसर प्रदान गर्दै आएको छ ।

फेस्टिबलमा कृषिसम्बन्धी प्रयोग हुने आधुनिक सामग्रीलगायतका सामग्री राखिने बताइएको छ । प्रवेश निःशुल्क गरिएको फेस्टिबल बिहान १० देखि बेलुका ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal