चौँथो अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ’ सम्मेलन

काठमाडौँ, १४ पुस : आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले ‘नवौँ राष्ट्रिय सूचना प्रविधि एवं चौँथो अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ सम्मेलन’ आयोजना गरिएको छ ।

कलेज अफ इन्फरमेसन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनमा चीन, भारत, थाइल्याण्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताको सहभागिता रहेको कलेजका निर्देशक बिजुलीप्रसाद राणाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासका बारेमा सम्मेलनमा ३९ वटा कार्यपत्रमाथि छलफल गरिएको छ ।

सम्मेलनमा मोबाइल कम्युटिङ, स्मार्ट कम्युटिङ, क्लाउड कम्प्युटिङ, ग्रिन कम्प्युटिङ, बिग डाटा, अप्टिकल कम्युनिकेसन एण्ड नेटवर्किङ, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इण्डस्ट्रियल रोबोटिक्स, आइसिटी फर डिजास्टर म्यानेजमेन्टलगायतका विषयमा विभिन्न कार्यपत्र प्रस्तुति गरिएको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल इञ्जिनीयरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले सूचना प्रविधिका विद्यार्थी तथा अनुसन्धानकर्ता, सरोकारवालाका लागि सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो ।

सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीका एशोसिएट प्रा डा मोहम्मद एबुल्लाहले सूचना तथा प्रविधिसम्बन्धी आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal