कोरोनाले नेपालमा महामारीको रुप लिदैं, बाँकेमा एकैचाेटि ४७ जनामा संक्रमण पुष्टि

काठमाडौं, ५ जेठ : स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।

यसैगरी गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ३१ वटा जिल्लामा काेराेना संक्रमण फैलिएकाे छ भने संक्रमित हुनेहरुमा २ सय ९८ जना पुरुष र ५९ जना महिला रहेका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.