थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं, ४ जेठ : प्रदेश १ मा आइतबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना संक्रमण देखिएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार उनीहरू विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै एकजना धनकुटा जिल्ला अस्पतालकी ३४ वर्षीय नर्स रहेकी खुलेको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

यसअघि आजै रौतहटका १० जनामा कोराना संक्रमित भेटिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।

तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.