थप ६ जनामा देखियो कोरोनाको संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं, जेठ : नेपालमा कोरोना भाइरसका थप ६ जना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षण अनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ का २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ का ३० वर्षीय पुरुष, पर्साको वीरगन्जका २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ का १८ वर्षीया महिला र चितवनको गढौली–१ की २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म नेपालमा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.