थपिए नौजना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौँ, २ जेठ : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ ।

शुक्रबार थप ९ जना पुष्टि भएसँगै संक्रमितको संख्या बढेर २६७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा नौजना कोरोना संक्रमित थपिएका हुन् ।

अधिकारीले दिएको जानकारी अनुसार पर्साको वीरगञ्‍जस्थित नौ र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ । यसैगरी वीरगञ्‍जकै २३ र ४७ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । यसैगरी उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश ५ को दाङस्थित गढवा-४,५ र तुलसीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ ।

त्यसैगरी काठमाडौंको सतुङ्गलका सात वर्षीय बालकमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना देखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअघि आज नै आठ जना बाँके र एक जना मकवानपुर गरी नौ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने कोरोना संक्रमित मध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.