एकैदिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौँ, ३० वैशाख : आज  ५७ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको  छ ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.