नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

काठमाडौँ, २७ वैशाख: नेपालमा थप सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप सात जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उदयपुरको भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा एक जना नयाँ सङ्क्रमित फेला परेको जनाएको छ । राष्ट्रिय प्रयोगशाला, काठमाडौँ र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७ र १८/१८ वर्षका पुरुष तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्राप्त विवरणअनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको विज्ञप्तिमा उल्लेख छ ।

योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १०९ पुगेको छ । यस्तै हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.