एकैदिन १० जनामा कोराना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, २१ वैशाख : नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ भने त्यसमध्ये १६ जना उपचारपछि निको भएका छन् ।
