कैलालीका कोरोना संक्रमित निको भएर घर फर्किए

कैलाली,७ वैशाख: धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक २३ दिनपछि निको भएका छन् ।

कैलालीको लम्की निवासी २१ वर्षीय पुरुषको पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएका बिरामीहरुको संख्या ४ पुगेको छ ।

यसअघि, काठमाडौँबाट २ जना तथा बाग्लुङबाट एक जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.