भंसार कर्मचारीलाई गरगहना परीक्षण तालिम

काठमाडौँ, १७ असार : त्रिभुवन विमानस्थलस्थित भंसार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालिम शुरु भएको छ ।

भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा संचालित उक्त तालिममा नौ जना कर्मचारी सहभागी छन् । यही असार २० गतेसम्म भन्सार कार्यालयमा संचालन हुने उक्त तालिममा विज्ञबाट सुनचाँदीका गरगहनाकासाथै बहुमूल्य पत्थरसम्बन्धी प्रशिक्षण दिइने छ ।

हीरा तथा रत्न पत्थर परीक्षण सम्बन्धि प्राविधिक प्रशिक्षण दिनु हुनेछ । यस तालिमबाट भंसार चेक जाँचमा ठूलो सहयोग हुने पनि अपेक्षा राखिएको तालिममा रिकेन महर्जनले हीरा तथा रत्न पत्थर परीक्षण सम्बन्धि प्राविधिक प्रशिक्षण दिनु हुनेछ ।

सो अवसरमा कार्यालय प्रमुख तथा प्रमुख भंसार अधिकृत शम्भुप्रसाद मरासिनिले यस्तो कठिन अवस्थामा पनि महासंघले प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गर्दै यसले सरकार र महासंघबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्यांकन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताउनुभयो । भंसार कार्यालयका मुख्य नाकामा खटिने कर्मचारीलाई यस किसिमको विज्ञता उपलब्ध गराउन सकेमा आर्थिक वृद्धिलाई धेरै सहयोग पु¥याउनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.