सरकारका कामप्रति असन्तुष्टि

धनगढी, १ चैत : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले प्रदेशका समसामयिक समस्या समाधानमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा भवन धनगढीमा बसेको बैठकको विशेष समयमा बोल्ने सदस्यले मन्त्रालयको काम कारवाही सन्तोषजनक नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उहाँहरुले विपद् एवं दैवी प्रकोपका घटनाबाट प्रभावितले राहत नपाएको, कैलालीको गोदावरीमा स्थायी राजधानी स्थापना गर्न भइरहेको काममा ढिलाइ गरिएको, कञ्चनपुरका दक्षिणी क्षेत्रमा केही हप्ता अघि भएको असिना पानीले पु¥याएको क्षतिबाट पीडित किसानलाई राहत दिन पहल नभएको र चालू आवको बजेट कार्यक्रममा घोषणा गरिएकोभन्दा बाहेकका योजना निर्वाचन क्षेत्रमा लगेर कार्यकर्ता पोस्ने काम गरिएकोजस्ता प्रश्न उठाएका हुन् ।

कृष्णबहादुर चौधरीले टीकापुर घटनाको सवालमा रेशमलाल चौधरीलाई अदालतबाट सुनाइएको सजायप्रति असन्तुष्टि जनाइरहँदा सत्ता पक्षका सदस्य वीरमान चौधरीले नियमापत्ति गर्नुभयो ।

देवकी मल्लले विप्लव समूहबाट हालै आफूलाई बझाङ जिल्लामा केही समय अपहरण गरिएको जानकारी दिनुहुँदै उक्त घटनाप्रति आपत्ति जनाउनुभयो । विशेष समयमा सत्ता पक्षका प्रमुख सचेतक तारालामा तामाङ, लिलाधर भट्ट, मनाकुमारी साउँद, प्रतिपक्ष नेपाली काङ्ग्रेसका कर्णबहादुर मल्ल र श्यामलाल रानाले पनि बोल्नुभएको थियो ।

बैठकमा आर्थिक ममिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल गर्नुभएको थियो ।

यसैगरी बैठकमा प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्र्न बनेको विधेयक २०७५ र प्रदेशसभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रदेशसभाको अर्को बैठक चैत यही ५ गते दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.