प्रादेशिक महोत्सव शुक्रबारदेखि
डोटी, १६ फागुन : चेम्बर अफ कमर्स डोटीको आयोजनामा सुदूरपश्चिम प्रादेशिक महोसव शुक्रवारदेखि हुँदैछ ।
दिपायल पिपल्लामा महोत्सव हुने चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । ‘सेतीको हीरा खप्तडको मोती, व्यापार–कृषि –पर्यटन र जलस्रोतबाट बनाउछौंँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवका मुख्य आकर्षणमा हेलिकोप्टरबाट सुदूरपश्चिमका प्रमुख पर्यटकीय एवं धार्मिक स्थलको अवलोकन सेतीमा जलयात्रा रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको प्रचारप्रसार गरी नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनु पनि महोत्सवको उद्देश्य रहेको सो संस्थाका सचिव तेजबहादुर डुम्रेलले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड दिल्पेश्वरलाई
दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिल्पेश्वर माध्यमिक विद्यालय दिपायलले हात पारेको छ । प्रतियोगितामा सहभागी नगरपालिका क्षेत्रका छ माध्यमिक विद्यालयमध्ये दिल्पेश्वर माविले उपाधि र शिल्डसँगै रु १० हजार र प्रमाणपत्र प्राप्त गरेको सो विद्यालयका प्रधानाध्यापक दीर्घबहादुर कठायतले बताउनुभयो । त्यस्तै उक्त खेलमा शहीद स्मृति आवासीय मावि राजपुर दोस्रो भएको छ । उक्त विद्यालयले रु सात हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको तेस्रो पुरस्कार दिपायलमै रहेको कुमालिकोट माविले हात पारेको छ । उक्त बिद्यालयले रु पाँच हजारसहित पदक र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डीलगायत खेल खेलाइएको दिपायल सिलगढी नगरपालिकाका खेलकूद संयोजक श्याम नेपालीले जानकारी दिनुभयो ।
