अस्पताल समिति गठन प्रक्रिया अघि बढाइने

धनगढी, १८ पुस : सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा व्यवस्थापन समिति गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले समिति गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्त प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । अधिकांश अस्पतालका व्यवस्थापन समिति लामो समयदेखि रिक्त रहेका छन् ।

बैठकले सामाजिक विकास मन्त्रालय मातहत रहेका सबै अस्पतालको नाम परिवर्तन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून तर्जुमा सुझाव समितिसम्बन्धी कार्यविधि २०७५ पनि बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताइएको छ । बैठकले धनगढीको फाप्ला क्रिकेट मैदानका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.