प्राज्ञिक वहस चलाउँदै डा. दंगाल
सुमित्रा फुयाल । काठमाडौँ, २० भदौँ : विश्वभरी फैलिएको कोरोना संक्रमणमको महामारीका कारण नेपाल पनि अछुतो रहन सकेको छैन । २०७६ साल चैत्र ११ गतेबाट नेपालमा पनि देशव्यापी लकडाउन भएपछि शैक्षिक क्षेत्रका गतिविधि प्राय ठप्प नै छ ।
तर खाने मुखलाई जुँगााले छेक्दैन भने झैँ त्रिभुवन विश्वविद्यालय (त्रि. वि.) का उपप्राध्यापक डा. दिलनाथ दंगालले गत चैत्र १४ बाट त्रिविका अनुभवि उपप्रशासक विष्णु अर्यालसँग मिलेर त्रिवि सेवा आयोग तयारी गरिरहेका परीक्षार्थीहरुलाई लक्षित गरी सुरु गरेको अनलाइन कक्षा अहिले प्राज्ञिक बहसको थलो बनेको छ ।
करमा विद्यावारीधि (पिएचडी) गर्नुभएका नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव डा. दंगालले हालै देशमा जारी रहेको लकडाउनको पछिल्लो समयमा पनि शिक्षा क्षेत्रका विज्ञहरुलाई सहभागि गराएर प्राज्ञिक वहस चलाउँदै आउनु भएको छ ।
त्रिविका १९ वटा लगायत देशभरका अन्य विभिन्न क्याम्पसहरुमा एम.ए. मा अर्थशास्त्र अध्ययन अध्यापन हुने गरेकोमा लकडाउनको समयमा हाम्रा विद्यार्थी र प्राध्यापकहरुलाइ मोनोटोनस नहोस्, घरमा बस्दा बस्दा दिक्क नलागोस् र आफुले जानेका ज्ञान अरुमा पनि बाडौँ भन्ने उद्देश्यले ती क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुलाई कोअडिनेशन गरेर लकडाउनको सुरुवातसंगै हालसम्म ८१ ओटा कक्षाहरु सम्पन्न भैसकेको छ । नेपालमा कर (TAX) का बारेमा धेरैलाई बुझाउनु पर्ने आवश्यकता महशुस गरेर सुरुका एक दर्जन जति कक्षाहरु कर संग सम्बन्धित रहेर विभिन्न क्याम्पसका प्राध्यापक, अर्थविद् र कर विभागका प्रमुखसँग सम्पन्न भइसकेका छन् ।
दोस्रो चरणमा कोरोनाले अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा पारेको प्रभावका बारेमा बहस गर्न सम्वन्धीत क्षेत्रका विज्ञहरुले बहसमा भाग लिइ सक्नु भएको छ , जसमा बैङ्किग क्षेत्रमा पारेको असरका बारेमा बहस गर्न पुर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री, योजना आयोगका पुर्व उपाध्यक्ष डा. दिनेश चन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावका बारेमा हेटौडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावका बारेमा पुर्व मन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट मगर, उर्जा क्षेत्रमा पार्ने प्रभावका बारेमा पुर्व उर्जा मन्त्री जनार्दन शर्मा, राजस्वमा पर्ने प्रभावका बारेमा अर्थविद्हरु डा. डिल्लीराज खनाल र डा. चन्द्रमणी अधिकारीले बहसमा भाग लिनुभएको छ ।
तेस्रो चरणमा तीनै तहको बजेटका बारेमा छलफल गर्न सातै प्रदेशका अर्थशास्त्रीहरु, लोकल सरकारका प्रतिनिधीहरु, नेपाल सरकारका राजस्व सचिव रामशरण पुडासैनी, पुर्व अर्थ सचिवहरु रामेश्वर खनाल, कृष्णहरी वास्कोटा, डा.शान्तराज सुवेदी, पुर्व अर्थमन्त्रीहरु डा.प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टले कार्यक्रममा भाग लिइ सक्नु भएको छ ।
चौथो चरणमा सबै क्याम्पसका प्राध्यापकहरु, विद्यार्थीहरु र विद्यालय शिक्षहरुको समेत आग्रहमा शिक्षासंग सम्वन्धीत रहेर कार्यक्रम सम्पन्न गर्ने सोच अनुसार त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषाल, शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटा, त्रिविका डीनहरु, सबै प्राध्यापकसंघका सभापतिहरु आएर बहसमा भाग लिइ सक्नु भएको छ । अनलाइन शिक्षा र परीक्षाका बारेमा सम्वन्धित क्षेत्रका विज्ञहरुबाट पनि प्रसस्तै कक्षाहरु सम्पन्न भएका छन् ।
पाँचौ चरणको कार्यक्रम अन्र्तगता भाद्र १५ बाट २१ सम्म लगातार रिसर्चसँग सम्वन्धीत रहेर नेपालका मुर्धन्य रिसोर्स पर्सनहरुबाट सम्पन्न गर्ने गरी एक हप्ते रिसर्च प्याकेज कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदीले एकेडेमिक मन्तव्य दिनु भयो ।
रिसोर्स पर्सनहरुमा प्रा.डा. चैतन्य मिश्र, प्रा.डा. मनप्रसाद वाग्ले, प्रा.डा. वासुदेव काफ्ले, प्रा.डा. महानन्द चालिसे, प्रा.डा. शिवराज अधिकारी र प्रा.डा. ध्र्रुब कुमार गौतम रहनु भएको छ ।
कार्यक्रममा जुमको क्षमता ३०० बाट बढाएर ५०० बनाउदा पनि सहभागिहरुलाई अटाउन नसकिए पछि फेसवुक लाइभमा २५००० सम्म भ्युभएकोले कार्यक्रमबाट आफुलाई ज्यादै उत्साह मिलेका डा. दंगाल बताउनु हुन्छ । सहभागीहरुका लागि निशुःल्क रुपमा सञ्चालित यो कार्यक्रमको सञ्चालन खर्च डा. दंगाल आफैले गर्नु भएको छ ।
