सबै कुरा छोडौँ, पुस्तक पढौ कार्यक्रम सम्पन्न
काठमाडौँ, १६ भाद्र । “पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने नाराका साथ १५ औँ पुस्तकालय दिवस स्याङ्जाका विभिन्न विद्यालयहरुमा र भीरकोट नगरपालिकामा सबै कुरा छोडौँ पुस्तक पढौ कार्यक्रम गरेर मनाइएको छ ।
पुस्तकालयको माध्यमबाट पनी नानिबाबुको पठन सिप र पढ्ने बानीको विकास हुन्छ भन्ने उदेश्यका साथ राखिएको उक्त कार्यक्रमको सिलसिलामा सबैलाई एक एक प्रति पुस्तक उपलब्ध गराई १५-३० मिनेट समय पढ्नको लागि समय दिइएको थियो । उक्त समय पश्चात पुस्तकको समिक्षा सुनाइएको थियो । उक्त कार्यक्रम स्याङ्जा जिल्लाका साक्षरता कार्यक्रम लागु भएका विद्यालयहरुमा र भीरकोट नगरपालिकामा गरेर मनाइएको थियो ।
उक्त कार्यक्रम सूर्योदय क्लब, स्याङ्जाको व्यवस्थापनामा जिल्लाका ५ पालिकासंग लागत साझेदारीमा ४४ विद्यालयमा साक्षरता कार्यक्रम मनाइएको हो । साक्षरता कार्यक्रममा कक्षा १ र २ मा नेपाली पठन सिप विकासको लागि काम गरिन्छ भने पुस्तकालय मार्फत पढ्ने वानीको प्रवर्धन गरिन्छ ।