आयशालाई १५००० राशीको बाबुलाल श्रेष्ठ स्मृति पुरस्कार

शम्भु के. सी. । काठमाडौँ, २७ साउन : यो वर्षको बाबुलाल श्रेष्ठ स्मृति पुरस्कार आयशा श्रेष्ठले प्राप्त गरेकि छिन् ।

छाउनीस्थित फ्युचर स्टार इङ्गलिस सेकेण्डरी स्कुलले एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई हरेक बर्ष प्रदान गर्दै आएको रु. १५,००० राशीको उक्त पुरस्कार यो बर्ष आयशाले पाएकी हुन् । यसपालीको एसइई परिक्षामा ३.८५ जिपिए ल्याएकी आयशालाई विद्यालयका प्रिन्सिपल मनोज कुमार श्रेष्ठले विद्यालय परिसरमा आयोजित उक्त विद्यालयबाट एसइई परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा रु. १५,००० नगद र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । प्रिन्सिपल श्रेष्ठले आफ्ना स्व. पिता बाबुलाल श्रेष्ठको नाममा उक्त पुरस्कार २०६७ सालमा स्थापना गर्नुभएको थियो । हालसम्म उत्कृष्ट अंक ल्याउने  १२ जना विद्यार्थीले उक्त पुरस्कार पाइसकेका छन ।

३.८५ जिपिए ल्याएकी आयशा श्रेष्ठ

त्यसैगरी, रु. १०,००० राशीको कृष्ण गोपाल श्रेष्ठ स्मृति पुरस्कार ३.५५ जिपिए ल्याएका एबिन श्रेष्ठ र सत्यम झाले दामासाहीले पाएका छन । शिक्षा क्षेत्रमा आफ्ना पिताले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन र विद्यार्थीहरुलाई पढाईमा हौसला बढाउन उक्त पुरस्कार स्थापना गरेको प्रिन्सिपल मनोज कुमार श्रेष्ठले पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.