कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, १ हजार ९ सय ८३ जना संक्रमित

काठमाडौं, १४ वैशाख: विश्वभर फैलिएको कोरोनाबाट हालसम्म ४९ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरनए) ले जनाएको छ ।

लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको छ ।

एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको मृत्यु भएको हो ।

यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय  नेपाली मध्य ४ सय ३४ जना कोरोना उपचारपछि निको भएको सो समितिले जनाएको छ ।

एनआरएन स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित छन् ।

संक्रमित हुने देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.