तीज मनाउँदै ग्रेटर एक्रोन हिन्दू सेवा समिति
अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बस्ने नेपालीहरूले पनि तिज मनाउने भएकाछन ।
विशेषगरी हिन्दू महिलाहरू चाड तीजको अवसरमा यहि सेप्टेम्बर १३ तारिखका दिन स्थानीय क्यासकेड भ्यालीपाक १०६१ मा एक्रोन र यसको सेरोफेरोमा बस्ने नेपाली समुदायले पूजा, भजन कीर्तन, प्रवचनका साथ गीत संगीतको कार्यक्रम आयोजनागरी भव्य रुपमा उक्त दिनको ११ बजेदेखि ४ बजेसम्म तीज मनाउने भएका छन ।
विदेशमा रहेर पनि आफ्नो देशको धर्म संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्न हरेक चाडपर्वहरू मनाउँदै आएको बृहत एक्रोन हिन्दू सेवा समितिका अध्यक्ष सहबहादुर न्यौपानेले जानकारी दिनुभएको छ ।
उक्त तीज विशेष कार्यक्रममा सहभागी हुन समितिले सबैमा आव्हवान समेत गरेको छ ।
