भारतमा नेपाली युवकको पानीको ट्याङ्कीमा डुबेर मृत्यु

बैतडी, २९ भदौ : रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् ।

काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो । मृतक जोशी बैङ्लोरस्थित एक होटेलमा कार्यरत थिए । उनी एक महीनाअघि रोजगारीका लागि भारत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.