मलेसियामा श्रमिक सचेतना कार्यक्रम

काठमाडौँ, २२ चैत : क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न राज्यमा रहेका नेपालीलाई एकीकृत ढङ्गबाट सेवा एवं कानूनी परामर्श दिने उद्देश्यले श्रमिक सचेतना तथा अन्तक्र्रिया गर्ने भएको छ ।

सो क्रममा दूतावासबाट प्रवाह गरिने सेवा, श्रमिकका गुनासा एवं समस्याको सुनुवाइ तथा रोजगारी सुरक्षा र कानूनी परामर्शका विविध पक्षमा जानकारी गराइने दूतावासले जनाएको छ । सचेतना कार्यक्रम यही चैत ३० देखि आगामी असार २१ गतेसम्म विभिन्न चरणमा सञ्चालन गरिने छ ।

यही चैत ३० गते क्लाङ, आगामी वैशाख ७ गते क्लान्तान÷तेराङगानु, वैशाख १५ गते पहाङ÷क्यामरुन हाइल्याण्ड, वैशाख २२ गते वातुपहार÷जोहोर, वैशाख २९ गते काताकिनावालु÷साभा, जेठ ५ गते इपो, पेराक, जेठ १२ गते जोहोर वारु, जोहोर, जेठ १८ गते अलो सेतार, केडा, जेठ २६ गते पेनाङ, असार १ गते लङ्कावी, केडा, असार ८ गते मिरी, सासावाक, असार १५ गते मेलाका र आगामी असार २१ गते कुयान्तान, पाहाङमा सचेतना कार्यक्रम गरिनेछ ।

कार्यक्रममा राजदानी आवेदन सङ्कलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुनुवाइ गरिने दूतावासले जनाएको छ ।

दूतावासले विभिन्न सिलसिलामा मलेसियामा रहेको नेपालीलाई अन्तक्र्रियामा सहभागी भई लाभान्वित हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.