मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

काठमाडौँ, २९ फागुन: मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ ।

हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत गरी दूतावासले हवाई टिकट उपलब्ध गराएर यथाशीघ्र उद्धार गर्दै आएको छ । उक्त दूतावासले आज एक विज्ञप्ति जारी गरी अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी राख्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal