मलेशियामा एक नेपालीको मृत्यु

१२ माघ : वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।

माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाई दानकुबिर राईले जानकारी दिनुभयो ।

मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.