प्रवासी नेपालीद्वारा राहत प्रदान

बेझाड, २४ पुस : वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् ।

पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक २ गते निधन भएको थियो ।

शव ल्याउन कम्पनीले सहयोग नगरेपछि दुई महीनापछि मात्र गैरेको शव नेपाल ल्याइएको थियो । उनको श्रीमती, दुई छोरी र एक छोरा बिचल्लीमा परेपछि प्रवासी नेपालीले रकम सङ्कलन थालेका हुन् ।

विदेशीको सहयोगमा भवन र पुस्तकालय 

पाल्पाको पूर्वखोला गाँउपालिका–१ सिलुवामा विदेशी नागरिकको सहयोगमा सामुदायिक भवन तथा पुस्तकालय स्थापना गरिएको छ । जापानी नागरिक सुजुकी रेइकोको आर्थिक सहयोगमा सिलुवा बजारमा ज्ञानज्योति सामुदायिक भवन तथा पुस्तकालय स्थापना गरिएको हो ।

जापानी नागरिक काजुमासा काकिमीमार्फत रेइकोले रु पाँच लाख उपलब्ध गराएको पूर्वखोला गाँउपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । उक्त रकमले एक कोठे पक्की भवन निर्माण तथा रु एक लाख बराबरको पुस्तक खरिद गरिएको छ । ज्ञानज्योति सामुदायिक भवन तथा पुस्तकालयको सोमबार पूर्वखोला गाँउपालिकाका अध्यक्ष थापाले उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal