दुई महीनापछि शव नेपालमा

बेझाड, ३ पुस : धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ । 

आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिनुभएको मृतकका आफन्त शङ्कर पोखरेलले बताउनुभयो । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेकाले गैरेको शव नेपाल ल्याउन ढिला भएको हो । 

सोमबार चापाकोट नगरपालिका– ७ को साँखरस्थित कालीगण्डकी किनारमा गैरेको दाहसंस्कार गरियो । कम्पनीले बिदाका समयमा गैरेको मृत्यु भएका कारण खर्चमा कुनै पनि सहयोग नगरेपछि शव नेपाल ल्याउन समस्या परेको आफन्तले जनाएका छन् । गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको निधनले गाउँ नै शोकमा डुबेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.