कतारमा नेपाली विद्यालय स्थापना गर्न आग्रह

काठमाडौँ, २७ मङ्सिर : नेपालले कतारमा कार्यरत नेपाली कामदारका सन्ततिको शैक्षिक भविष्यलाई ध्यानमा राख्दै नेपाली विद्यालय स्थापनाका लागि सहयोग गर्न कतारसँग आग्रह गरेको छ ।

कतारका लागि नेपालका राजदूत प्रा रमेशप्रसाद कोइराला र कतारका शिक्षा तथा उच्च शिक्षामन्त्री डा महम्मद अब्दुल वाहेद अल हमादीबीच सम्पन्न भेटमा त्यहाँस्थित नेपाली नागरिकका सन्ततिको भर्नासम्बन्धी विषयमा छलफल भएको दोहास्थित नेपाली दूतावासले आज जनाएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धलाई अझ बजबुद बनाउने विषयमा समेत छलफल भएको थियो ।

कतारमा हाल विभिन्न पेशा, व्यवसाय र रोजगारीका क्रममा करीब पाँच लाख नेपाली रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.