नवदुर्गा पूजा महोत्सव गर्दै एक्रोन हिन्दू सेवा समिति

बृहत एक्रोन हिन्दू सेवा समितिले आयोना गरेको कार्यक्रमा सहभागी हुनुभएको नेपालीहरू । तस्विर : सहबहादुर न्यौपाने

काठमाडौँ, २४ असोज : हिन्दूहरूको महान चाड बडादशैंको उपलक्ष्यमा अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बस्ने नेपालीहरूले नवदुर्गा भवानीको पूजा महोत्सवको आयोजना गरेकाछन ।

बृहत एक्रोन हिन्दू सेवा समिति इन्कको आयोजनामा यहि अक्टोबर १३ तारिख शनिबारका दिन ११ बजेदेखि ४ बजेसम्म नवदुर्गा भवानीको पुजा–आराधना, भजन–कृतन तथा प्रवचनको आयेजना गरेको छ ।

समितिका अध्यक्ष सहबहादुर न्यौपाने

१२०१ गेरेन्ट एभिन्यू , कायोगा फल्स, ओहायो ४४२२३ मा यसको सेरोफेरोमा बस्ने नेपाली समुदायहरूले हरेक बर्ष यस बर्ष पनि नवदुर्गा भवानीको पुजा–आराधना, भजन कीर्तन, प्रवचनका साथ गीत संगीतको कार्यक्रम आयोजनागरी भव्य रुपमा मनाउने भएकोले उपस्थित हुन यस क्षेत्रका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबैनी तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक आव्हन गरिएको समितिका अध्यक्ष सहबहादुर न्यौपानेले बताउनु भयो ।

विदेशमा रहेर पनि आफ्नो देशको धर्म संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्न हरेक चाडपर्वहरू मनाउँदै आएको समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.