जोमसोम–लोमान्थाङ सडक सञ्चालनमा

ठिनी, २९ चैत : मुस्ताङको जोमसोम–लोमान्थाङ सडक करीब चार महीनापछि सञ्चालनमा आएको छ । जोमसोमदेखि कागबेनी छुसाङ हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक सुचारु भएपछि चिसो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन थालेका छन् । सो सडक खुलेपछि लोमान्थाङ, दामोदरकुण्ड, कोरला क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज भएको छ । बाक्लो हिउँ जमेको समर–भेना खण्डमा एक्साभेटर परिचालन गरेर हिउँ पन्छाइ खुलाइएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो ।

यसवर्ष फागुनको अन्तिम सातासम्म बाक्लो हिमपात भएको थियो । लोमान्थाङ, लोघेयकर दामोदरकुण्ड गाउँपालिका र उपल्लो मुस्ताङ जीप व्यवसायी समितिको पहलमा सडक खुलाइएको यातायात व्यवसायी देव गुरुङले बताउनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङमा ३० भन्दा बढी गाडीले यातायात सेवा दिइरहेका छन् ।

सडक खुलेसँगै केही दिनयता म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटक र तीर्थयात्रीको चाप बढेको छ ।

देशका विभिन्न ठाउँ र विदेशबाट आएका पर्यटक तथा तीर्थयात्रीको बेनी–जोमसोम सडकमा चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख बैकुण्ठ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal