सात सय २१ किमी साधारण बाटो निर्माण

काठमाडौँ, २६ चैत : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आवमा ७२१ किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरेको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनालगायतका महत्वपूर्ण आयोजनामा नयाँ सडक निर्माणका लागि ट्र्याक खोल्ने काम भइरहेको छ ।

गत फागुनसम्ममा देशभरका विभिन्न राजमार्ग र सडक आयोजनामा सडक निर्माणका लागि साधारण बाटो खोल्ने काम भएको मन्त्रालयले जनाएको छ । सरकारले आगामी वर्षमा निर्माण गर्ने सडकमा चालू आवमा साधारण बाटो निर्माण भइरहेको प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्तर–दक्षिण कोशी सडक आयोजना, कालीगण्डकी करिडोर, हिल्सा–सिमिकोटमा साधारण बाटो खोल्ने काम भइरहेको छ ।”

चालू आवमा आयोजनामा २९ किलोमिटर, कालीगण्डकी करिडोरमा २४ किलोमिटर, हिल्सा–सिमिकोटमा चालू आवमा आठ किलोमिटर सडकको नयाँ साधारण बाटो खोलिसकिएको मन्त्रालयले जनाएको छ । सरकारले नयाँ सडकका लागि साधारण बाटो खोल्नेसँगै स्तरोन्नतिका लागि ग्राभेल गर्ने र कालोपत्र गर्ने काम गरिरहेको छ ।

चालू आवमा नै ७४७ किलोमिटर सडक कालोपत्र र एक हजार ११८ किलोमिटर ग्राभेल सम्पन्न भएको प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँका अनुसार चालू आवमा कतिपय सडकमा विनियोजित बजेट खर्च भएर अर्थ मन्त्रालयबाट थप रकम माग गरिएको छ । उहाँले भन्नुभयो, “कतिपय सडकमा दु्रतगतिमा निर्माण कार्य भइरहेकाले विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयबाट थप रकम माग गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal