कर्णाली राजमार्गको ९७ किमी निर्माण बाँकी

सिञ्जा, २४ पुस (रासस)ः लामो समयदेखि ओझेल परेको कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक निर्माण निर्माणमा केही समययता गति बढेको छ । सो सडकखण्डको हिमा गाउँपालिकामा रहेको बाजा गाडादेखि बड्कीसम्म ग्राभेल भएको छ ।

स्थानीय सरकारले काम ठग्ने ठेकेदारहरुलाई भटाभट कारवाही गर्दा विकासले फड्को मारेको सिञ्जा गाउँपालिकाका समाजसेवी रमेश शाहीले बताउनुभयो । “यदि ठेकेदारलाई कारवाही नगरिएको भए अझै पनि विकासमा ढिलाइ हुन्थ्यो । कारवाहीपछि एकदमै छिटो काम भएको हो । यही रफ्तारमा काम भए कर्णाली राजमार्ग छिट्टै बन्नेमा म विश्वस्त छु ”, उहाँले भन्नुभयोे ।

सुर्खेेतदेखि मुगु, गमगढीसम्म बन्ने कर्णाली राजमार्ग २९७ किमीको बन्नेछ । हाल जुम्ला र कालीकोटको सिमानामा पर्ने नाग्मसम्म पिच भएको छ । कर्णाली राजमार्गको काम अब ९७ किमी(नाग्म–गमगढी) बाँकी छ ।

कनकासुन्दरी गाउँपालिकाबाट मुगुको खत्याडखोला जोड्ने सडक(करीब ८० किमी)ले पनि उत्तिकै तीव्रता पाएको कनकासुन्दरी –३ का बाछे बुढा बताउनुहुन्छ । यही रफ्तारमा काम गर्ने हो भने पाँच वर्षमै कर्णालीका सबै स्थानीय तहसम्म सडक पुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal