तीन ग्रामीण सडकको २८ किमी पुनःनिर्माण सम्पन्न

काठमाडौँ, २३ पुस : भूकम्पले क्षतिग्रस्त तीन ग्रामीण सडकको २८ किमी पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा तेलकोट–घट्टेडाँडा आठ किमी, ठैँब–गोदामचौर २ दशमलव ६ किमी र खोपासी–ढुङ्खर्क १४ किमी काम सकिएको हो । तीनै सडक आयोजना पुनःनिर्माणका लागि एशियाली विकास बैंक (एडिबी) ले आर्थिक सहयोग गरेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख गणेशराज वस्तीले बताउनुभयो ।

एडिबीले थप १४ भूकम्पले क्षति पुगेका सडक आयोजना पुनःनिर्माणका लागि सहयोग गरेको छ । चौधवटै सडक आयोजनाको काम चालू आवमा सकिने जनाइएको छ । बाँकी सडक सरकार आफैँले पुनःनिर्माण गर्ने उहाँले सुनाउनुभयो । गोरखा भूकम्पले ८३ वटा ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पु¥याएको थियो । ३८ वटा सडकको ७०७ किमी पुनःनिर्माण जारी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो ।

भूकम्पले क्षति भएका ४२ वटा सडकको ३१६ किमीको काम शुरु हुन बाँकी रहेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा भूकम्पले भत्किएका ६० प्रतिशत सडक पुनःनिर्माण सक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६÷७७ सम्म ८० प्रतिशत र आव २०७७÷७८ सम्म भूकम्पले भत्किएका सबै सडकको काम सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal