माइबेनी जलविद्युत् आयोजनामा दुई बैंकले लगानी गर्ने

काठमाडौँ, २८ मङ्सिर : माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले रु एक अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् ।

आयोजनाको प्रवद्र्धक सामलिङ पावर कम्पनी र बैंकका प्रतिनिधिबीच ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । कूल नौ मेगावाट क्षमताको सो आयोजनामा बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्ने भएका छन् ।

सम्झौतामा कम्पनी अध्यक्ष विजयबहादुर राजभण्डारी, नेपाल एसबीआर्ई बैंकका प्रतिनिधि बद्रीलाल आमात्य र सिद्धार्थ बैंकका चन्दन कार्कीले हस्ताक्षर गर्नुभयो ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षामा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसामा खरीद गर्ने सम्झौता भइसकेको छ । इलाममा आयोजनास्थल रहेको सो आयोजनाबाट उत्पादित विद्युत् इलामको गोदक सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक पाँच करोड ३२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.