निर्माण उपकरणको प्रदर्शनी हुँदै

काठमाडौँ, ५ मङ्सिर : भक्तपुरमा बृहत् निर्माण उपकरण प्रदर्शनी बिहीबारदेखि हुने भएको छ ।

कन्फिडेरेसन अफ इण्डियन इण्डस्ट्री (सिआइआई) को आयोजना र नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा सल्लाघारीमा बृहत् कन्सट्रक्सन इक्विपमेन्ट प्रदर्शनी हुने भएको हो । निर्माण व्यवसायी महासङ्घका कार्यकारी महासचिव हिरणकुमार श्रेष्ठले मङ्सिर ६ देखि ८ गतेसम्म दुई दिन चल्ने प्रदर्शनीमा सम्पूर्ण कन्सट्रक्सन उपकरण राखिने जानकारी दिनुभयो ।
उहाँका अनुसार उपकरणको बिक्री–वितरणसँगै प्राविधिक जानकारी बाँडफाँटसमेत गरिनेछ । ‘कोन म्याक’ नाम दिइएको प्रदर्शनीमा ८० प्रतिशत विदेशी र २० प्रतिशत स्वदेशी सामानको प्रदर्शनी हुने आयोजकले जनाएका छन् । मेलामा उपकरणको बिक्री–वितरणसँगै प्राविधिक जानकारीसमेत बाँडफाँट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.