पाम आयलपछि चिया निकासीमा भारतको अवरोध

काठमाडौं, १२ जेठ : भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा अवरोध गरेको छ ।

उसले केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति दिएका छैनन् ।

लकडाउनको विषम परिस्थितिमा अत्यावश्यक सामाग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारततर्फको निकासीमा समस्या देखिएको मन्त्रालयले जनाएको छ । भारतीय भन्सारले चिया रोक्नुको स्पष्ट कारण भने खुलाएको छैन ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.